नियम ९७
शेयरहोल्डरहरू छेउ सूचना र लिखतहरू पठाउने तरिका
(१) कर्पोरेशनले कुनै शेयरहोल्डर छेउ कुनै लिखत बुझाउनु पर्दा निजकै हातमा बुझाई दिन वा निजको रजिष्टर भएको ठेगानामा वा सो नभए कर्पोरेशनलाई दिई राखेको ठेगानामा हुलाकद्वारा पठाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम कुनै लिखत हुलाकद्वारा पठाउदा रीतपूर्वक नाम ठेगाना लेखी लाग्ने हुलाक महसुल तिरी टिकट टा“सी सो लिखत हुलाक अड्डामा छोडी दिएपछि पठाइएको मानीनेछ । शेयरहोल्डरले त्यस्तो लिखत हुलाकद्वारा रजिष्टर गरी पठाउनु पर्छ भनी त्यस्को निमित्त चाहिने प्रर्याप्त खर्चको रुपैयाँ कर्पोरेशनको कार्यालयमा जम्मा गरी राखेको भए निजको नाममा सोही बमोजिम गरी नपठाएमा निजलाई बुझाएको मानिने छैन । तर त्यस्तो लिखत सभाको सूचनाको सम्बन्धमा भए समितिबाट सो सूचनापत्र हुलाकमा छोडेको दश दिन बितेपछि बुझाइएको मानिनेछ ।